ad ad

राजनीति


कोरोना भाइरसविरुद्ध चीनको यस्तो ‘जनयुद्ध’ (फोटोफिचर)

कोरोना भाइरसविरुद्ध चीनको यस्तो ‘जनयुद्ध’ (फोटोफिचर)

नेपालखबर
फागुन ७, २०७६ बुधबार १०:४१,

अहिले चीन कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) को प्रकोपसँग जुधिरहेको छ। भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघिसक्दा चीनले राज्यका सम्पूर्ण अंगहरु र कम्युनिस्ट पार्टी पंक्तिलाई प्रयोग गरेर भाइरस नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसविरुद्धको ‘जनयुद्ध’ जित्न उत्साहित भएर लाग्न सबैसँग आग्रह गरेका थिए।

‘यो लडाइँ हामीले लड्नै परेको छ। हामीले भाइरसविरुद्धको यो समग्र युद्ध र जनयुद्ध जित्ने पूरा आत्मविश्वाससहित लड्नुपर्छ,’ सीले बेइजिङस्थित दाइतान अस्पताल भ्रमणपछि उनले भनेका थिए।

लगत्तै केन्द्रीय सैन्य आयोगको आदेशमा चिनियाँ जनमुक्ति सेना पनि भाइरस नियन्त्रणमा खटिएको छ। गत साता वायु सेनाले आफ्ना ११ वटा विमानमा स्वास्थ्यकर्मी र सामग्री भाइरसको उद्गमस्थल हुबेई प्रान्तको वुहान सहरमा पठाएको थियो।

त्यसका लागि चिनियाँ सेनाले वाई–२० विमान समेत प्रयोग गरेको छ। सेना र बन्दोबस्तीका सामान ओसार्न चीन आफैँले बनाएको यो विमानलाई पहिलो पटक गैरसैन्य कार्यमा प्रयोग गरिएको हो।

pla-1.jpg
pla-3.jpg
pla-2.jpg
pla-4.jpg
pla-5.jpg
pla-6.jpg
pla-8.jpg
pla-10.jpg
pla-11.jpg
pla-15.jpeg
pla-16.jpg
तस्बिर: सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .