राजनीति


कांग्रेस उम्मेदवार डम्बर खड्काद्वारा मतदान

कांग्रेस उम्मेदवार डम्बर खड्काद्वारा मतदान

नेपालखबर
बैशाख १५, २०८१ शनिबार ८:४०, काठमाडौँ

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम क्षेत्र-२ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदान गरेका छन्। 

इलाम-२ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस ‘क’ केन्द्रबाट केही बेरअघि मतदान गरेका हुन्। इलाम २ मा कांग्रेसका खड्का, एमालेका सुहाङ नेम्वाङ र रास्वपाका मिलन लिम्बूसहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

०७९ मा भएको निर्वाचनमा कांग्रेस नेता खड्का एमाले नेता सुवास नेम्वाङसँग जम्मा ११४ मतान्तरले पराजित बनेका थिए। त्यतिबेला नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए। 

एमालेले इलाम २ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .