दिल्ली हवाईअड्डाले अब्राहम्सको भिसा रद्द गरिदिएको बीबीसीले जनाएको छ।
भारतले संविधानको धारा ३७० हटाएर जम्मु–कस्मिरको विशेषाधिकार रद्द गरिदिएपछि बेलायती लेबर पार्टीकी सांसद अब्राहम्सले सो कार्यको चर्को विरोध गर्दै आएकी थिइन्।
अब्राहम्स सोमबार निजी भ्रमणका लागि भारत पुगेकी थिइन्। इमिरेट्स फ्लाइट दिल्ली विमानस्थलमा रोकिए पश्चात नै उनको भिसा खारेज गरिएको जानकारी उनले प्राप्त गरेकी थिइन्।
भारतले आफ्नो भिसा रद्द गरेपछि अब्राहम्सले भारतले आफूलाई अपराधीको जस्तै व्यवहार गरेको बताएकी छिन्।
प्रतिक्रिया