राजनीति


प्रदीप पौडेलको प्रश्न : देशमा यति धेरै विश्वविद्यालय किन चाहिएको हो?

प्रदीप पौडेलको प्रश्न : देशमा यति धेरै विश्वविद्यालय किन चाहिएको हो?

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १६:२५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन्।

सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा भाग लिदैँ सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका हुन्।

उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताए। उनले नेपाल विश्वविद्यालयको औचित्यको सम्बन्धमा पनि प्रश्न उठाए।

उनले मानिसमा वास्तविक सीप भर्ने नयाँ तरिका नेपाल विश्वविद्यालयले के ल्याएको छ? भनेर प्रश्न गरे। उनले नेपालमा धेरै विश्वविद्यालयहरु भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो? भनेर पनि प्रश्न गरे।

उनले भने, ‘हामीलाई यतिधेरै विश्वविद्यालय किन चाहिएको? विश्वविद्यालय कलेजसरह हो, सम्वन्धन माग्दा हामीले दिन्छौँ भने हामी हरेक विश्वविद्यालयको ऐन बनाउन राष्ट्रिय सभा, प्रतिनिधि सभामा छुट्टाछुट्टै छलफल अथवा हरेक विश्वविद्यालयको ऐनका बारेमा छलफल किन गर्छौं? विश्वविद्यालयको छाता ऐन बनाउन सकिँदैन?’

उनले विश्वविद्यालयको छाता ऐन नबनेमा धेरै क्याम्पसहरुलाई विश्वविद्यालयको रुपमा सम्बोधन दिनुपर्ने अवस्था आउने भन्दै छाता ऐन बनाउनुपर्नेमा जोड दिए।

सांसद पौडेलले विधेयकमा विश्वविद्यालयले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्नेकुरा प्रष्ट रुपमा नआएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .