ad ad

राजनीति


अवस्थी र ढुंगेलको इजलासमा सुनुवाइ हुँदै सन्दीपविरुद्धको मुद्दा

अवस्थी र ढुंगेलको इजलासमा सुनुवाइ हुँदै सन्दीपविरुद्धको मुद्दा

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १४:१०, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत, पाटनमा सुनुवाइ हुँदै छ।

उच्च अदालतमा लामिछानेले सफाइको माग गर्दै पुनरावेदन गरेका छन् भने सरकारले नाबालिग बलात्कारकै कसुरमा सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन दिएको छ। दुवै पुनरावेदन एकसाथ राखेर सुनुवा हुने भएको हो। 

साढे २ बजेपछि उच्च अदालतले सुनुवाई सुरु गर्ने तयारी गरेको सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले बताए। सोमबार न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी तोकिएको छ। 

यसअघि चैत २३ गते न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको इजलासले दुवै पक्षलाई झिकाउन र आजका लागि पेसी तोक्न आदेश दिएको हो। सुनुवाइ हुने भएपछि दुवै पक्ष अदालतमा पुगेका छन्। 

जिल्ला अदालत काठमाडौंले एक युवती बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसलापछि उच्च अदालत पुगेका सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले गरेको उक्त फैसला बदर गरी आफूलाई सफाइ दिनु पर्ने सन्दीपको माग छ। उनलाई ३ लाख रुपैयाँ जरिवाना पनि तिराउने फैसला सुनाएको छ। 

यस्तै जाहेरवाला किशोरीले आफूलाई नाबालिग दाबी गरेकी थिइन्। तर अदालतले उनलाई १८ वर्ष पूरा भएको ठहर गरेको थियो। जाहेरवाला युवतीको तर्फबाट उच्च सरकारी वकिल कार्यालयले किशोरी नाबालिग रहेकै दाबी गर्दै गर्दै पुनरावेदन दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .