ad ad

राजनीति


रेशम चौधरी पक्षका सांसदहरूको निष्कर्ष : सुदूरपश्चिममा आफ्नै नेतृत्वको सरकार

रेशम चौधरी पक्षका सांसदहरूको निष्कर्ष : सुदूरपश्चिममा आफ्नै नेतृत्वको सरकार

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १६:१५, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वसहित सरकारमा जाने निष्कर्षमा पुगेको छ। 

गठबन्धनका विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेदबीच बुधबार धनगढीमा भएको छलफलमा नाउपा सांसदहरू नाउपाकै नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगेका छन्।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कैलाश चौधरीले सुदूरपश्चिममा नेतृत्वसहित नाउपा सरकारमा जाने निष्कर्षमा पुगेको बताए।

नाउपाभित्रको विवादपछि पहिलो पटक नाउपाका सांसद एकैठाउँमा उभिएका हुन। यो छलफलमा संरक्षक रेशम पनि उपस्थित थिए। 

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। समानुपातिक सांसद इन्द्रिरा गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन्। यस्तै, उनले घनश्याम चौधरीलाई दल नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन्।

गठबन्धनका विषयमा रेशम र रञ्जिताबीच मतभेद थियो। रञ्जिता नयाँ गठबन्धनमा सामेल हुने पक्षमा छिन्। रेशम त्यसको विपक्षमा उभिँदा एक महिना नाउपाभित्रै भाँडभैलो नै मच्चिएको थियो। 

बुधबारको छलफलपछि पार्टीभित्रको विवाद मत्थर भएर आफ्नै नेतृत्वमा सरकार बनाउने निष्कर्षमा पुगेको दल नेता चौधरीको दाबी छ। 

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि बैशाख २ गते बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय दिएका छन्।

नाउपामा विवाद चलिरहँदा सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .