ad ad

राजनीति


कांग्रेस सांसदलाई देउवाको निर्देशन : रविविरुद्ध धेरै प्रमाण आए, खरो उत्रनू

कांग्रेस सांसदलाई देउवाको निर्देशन : रविविरुद्ध धेरै प्रमाण आए, खरो उत्रनू

नेपालखबर
चैत २७, २०८० मंगलबार १२:१६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रवि लामिछानेविरुद्ध बलिया प्रमाणहरू रहेको भन्दै संसद्‌मा खरो रूपमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

मंगलबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा दलका नेतासमेत रहेका सभापति देउवाले तथ्य र प्रमाणसहित बोल्न सांसदहरूलाई भनेका हुन्। 

‘मलाई पनि थाहा थिएन। सुन्दै गर्दा धेरै प्रमाणसहित आए। तपाईंहरू पनि प्रमाणित आधारमा संसद्‌मा प्रस्तुत हुनुहोस्,’ देउवाले बैठकमा भनेको भनाइ उद्धृत गर्दै एक सांसदले नेपालखबरसँग भने।

साथै उनले गृहमन्त्री लामिछानेबारे छानबिनका लागि संसदीय समिति नबन्दासम्म कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन्।

‘हामी कुनै कुरामा एग्रिमेन्टमा छैनौँ। गलत कुराको विरोध गर्नुपर्छ। रचनात्मक प्रतिपक्षी हुनुपर्छ,’ देउवाले बैठकमा थपे, ‘संसदीय छानबिन समितिले कसैलाई घाटा हुँदैन। उहाँ (रवि लामिछाने) को हकमा पनि हुनुपर्छ।’

बिहान संसदीय दलको बैठक चलिरहेकै बेला कांग्रेस महामन्त्री गगन थापा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए। उनीसँगै पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौला पनि बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले संसद् अवरोध गर्ने सूचना पाएपछि संसद् खुलाउन प्रतिनिधि सभा बैठक बस्नुअघि विपक्षी दलसहितका नेताहरूसँग छलफल थालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .