राजनीति


केन्द्रको सत्ता समीकरण फेरिँदा स्थानीय सरकारलाई कुनै असर पर्दैन : प्रधानमन्त्री

केन्द्रको सत्ता समीकरण फेरिँदा स्थानीय सरकारलाई कुनै असर पर्दैन : प्रधानमन्त्री

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत २३, २०८० शुक्रबार १६:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताएका छन्। 

गोरखाका कार्यालय प्रमुखहरूलाई शुक्रबार निर्देशन दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न आग्रह गरे। 

जिल्लाका सङ्घीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोजनामा देखिने दोहोरोपन हटाउनुपर्ने बताए।

'केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला', उनले भने।

स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा कर लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्ने उनले बताए। प्रचण्डले स्थानीय तहबीच पनि आवश्यक समन्वय हुनुपर्ने पनि उल्लेख गरे।

कार्यालयमा भेटेर आफ्ना गुनासो सुनाउने जनताको अधिकार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासा सुन्न र जनताका लागि सधैँ ढोका खुला राख्न पनि भने।

शान्ति सुरक्षाका कामलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सुरक्षा संवदेशनशीलताका आधारमा सम्भावित परिस्थितिको आंँकलन गरी काम गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .