राजनीति


बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए संसद्को विश्वास

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए संसद्को विश्वास

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १८:२५, हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन्। 

जम्मा १०८ जना सांसद उपिस्थत रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत पाए।

विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन्।

बागमती प्रदेश सभामा ११० सांसद छन्।

सोमबार दिउँसो डाकिएको प्रदेशसभाको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिए। 

मुख्यमन्त्री जम्कट्टेले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेको २७, मओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ गरी ५६ मत प्राप्त गरेका हुन्।

विपक्षमा नेपाली कांग्रेसकाे ३७ मत परेको हो भने राप्रपाका १२ र नेमकिपाका ३ गरी १५ सांसद तटस्थ बसेका हुन्।

विश्वासको मत दिने कार्यक्रममा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका एक सांसद उपस्थित भएनन्।

मुख्यमन्त्री कट्टेलले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्नेबारे राखेको प्रस्तावमाथि सबै दलले धारणा राखेपछि सभामुख भुवन पाठकले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा बहुमत आएको हो।

यसअघि उनले पहिलो पटक ३ माघ २०७९ मा १०५ सांसदले समर्थन गरेर विश्वासको मत पाएका थिए। सात राजनीतिक दल हरेको बागमतीमा उतीबेला प्रमुख प्रतिपक्ष दल कांग्रेस सहित ६ दलले विश्वासको मत दिएका थिए।

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा बनेको माओवादी, एमाले, राप्रपा लगाएत दलहरु मिलेर बनेको गठबन्धन सरकार दुई महिना पनि टिकेन। केन्द्रमा एमाले सरकारबाट बाहिरिएर कांग्रेस, नेकपा एस लगाएत दलले सरकारमा इन्ट्री पाए।

त्यसपछि पुनः दोस्रो पटक १० चैत २०७९ मा ६७ सांसदको समर्थनमा विश्वासको मत पाएका थिए।

तेस्रो पटक भने मुख्यमन्त्रीलाई विश्वासको मत जुटाउन निकै सकस बेहोर्नुपर्यो। सत्तागठबन्धन दलहरुको स्पष्ट बहुमत नहुँदा बागमती प्रदेशमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टीको सहयोगमा सरकार जोगाउन सफल भए।

सत्ता जोगाउन हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई यसअघि नै सरकारमा सहभागी गराइसकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .