राजनीति


नाउपा केन्द्रीय सदस्यको दाबी : सुदूरपश्चिम सरकार ढले चार जनाको हत्या हुने धम्की रेशमले दिए

नाउपा केन्द्रीय सदस्यको दाबी : सुदूरपश्चिम सरकार ढले चार जनाको हत्या हुने धम्की रेशमले दिए

तस्बिर : रिपोर्टर्स क्लब नेपाल


नेपालखबर
चैत १९, २०८० सोमबार १६:२५, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरूलाई मार्ने धम्की आएको दाबी गरेका छन्।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढले चारजनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए।

‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुनसक्छ भनिएको थियो', उनले भने, 'त्यही धम्कीपछि आज हामीमाथि भौतिक आक्रम भएको छ। मैले यसलाई सामान्य रुपमा लिएको छैन।’

उनी र टीकापुरका मेयर रामलाल डगौरा थारुलाई अनामनगरमा बसेको पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो।

आफूलाई केन्द्रीय कार्यालयको सबै ढोका थुनेर कुटपिट गरिएको उनले पत्रकार सम्मेलनमा बताए।

कुटपिटमा संलग्न सबै मानिसहरू नयाँ रहेको उनको दाबी छ।

उनीहरू कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए।

रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर थारु, टीकापुर नगरपालिका-४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर-५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए।

‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिहान ८ बजे बैठक बोलाउनु भएको थियो। हामी बैठकमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यौँ। संस्थापक केन्द्रीय सदस्य भनेर २१ जनालाई बोलाइएको थियो। महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता मिलेको छ', उनले भने, 'यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्यको बैठक थियो। अध्यक्ष आउन ढिला भयो। उहाँ आउनु पहिले नै अनौपचारिक छलफलका क्रममा ढोकाको चुकुल लगाएर, मूलगेट थुनेर भौतिक आक्रमण भयो।’

उनले आफूहरूलाई कसैले कुटपिट गरे, दुर्घटना र कुनै घटना भए रेमशले जिम्मा लिनुपर्ने बताए।

उनले यसबारे गृहमन्त्री रवि लामिछानेको पनि ध्यानाकार्षण गराए। आफूहरूले रेमशलाई संरक्षक माने पनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको बताए।

उता रेशमले भने ‘मेरो निर्णय नमान्ने भए पार्टीमा बस्न पाइँदैन’ भनेको विकले सुनाए। थारुमाथि भएको अन्यायको विरोधमा आफहरू होमिएको बताएका उनले सरकार टिकाउ भएको हत्याको धम्की सह्य नहुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .