ad ad

राजनीति


उपनिर्वाचनमा एमालेले जित्छ : ओली

उपनिर्वाचनमा एमालेले जित्छ : ओली

नेपालखबर
चैत १७, २०८० शनिबार २१:३, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे। 

‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा बिरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो। र पराजयको पीडा व्यहोर्नु परेको थियो। यस पल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं। परिवर्तन गर्न चाहन्छौं,’ ओलीले भने।

अध्यक्ष ओलीले तत्कालिन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराए। 

‘यस पटक हामी हार्दैनौँ। यस पटक हामी जित्छौँ। र यस पल्ट हामीले हार्नै मिल्दैन। गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौँ। हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए। एमाले त शुन्य सिटमा झर्छ समेत भनेका थिए। त्यो साहस हामीबिरुद्धको गठबन्धनबाट आएको थियो।’

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .