राजनीति


एकीकृत समाजवादीले टुंग्यायो इलाम २ र बझाङ प्रदेश सभाका उम्मेदवार

एकीकृत समाजवादीले टुंग्यायो इलाम २ र बझाङ प्रदेश सभाका उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार १४:६, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आगामाी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा एकीकृत २०७४ को स्थानीय तह निर्वाचनमा माईजोगमाई गाउँपालिकाको अध्यक्षमा विजयी राईलाई उम्मेदवार बनाएको हो।

तर उनी २०७९ वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा भने एमालेकै उम्मेदवारसँग पराजित भएका थिए। 

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उनका छोरा सुहाङ नेम्वाङलाई एमालेले टिकट दिइसकेको छ। 

इलाम २ मा माओवादी केन्द्रले पनि आफ्नै उम्मेदवार उठाउने भएको छ। उता पहिचानवादीहरूले डाकेन्द्र थेगिमलाई उम्मेदवार बनाउँ जनमतले  प्रेमदीप थाम्सुहाङलाई अघि सारेको छ।

एकीकृत समाजवादीले उता बझाङ–१ (क) प्रदेश सभामा पनि दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसअघि बझाङका लागि नेकपा एमालेले लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ।

बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते भएको सडक दुर्घटनामा निधन भएको थियो।

बझाङको  केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन भएपछि उक्त स्थान रिक्त थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .