राजनीति


परराष्ट्रमन्त्री श्रेष्ठ र समकक्षी वाङ यीबीच बेइजिङमा भेटवार्ता

परराष्ट्रमन्त्री श्रेष्ठ र समकक्षी वाङ यीबीच बेइजिङमा भेटवार्ता

तस्बिर : रासस


नेपालखबर
चैत १३, २०८० मंगलबार १९:३४, काठमाडौँ

चीनको साताव्यापी भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र समकक्षी वाङ यीबीच बेइजिङमा मंगलबार भेटवार्ता भएको छ।

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच बेइजिङस्थित स्टेट गेष्ट हाउसमा भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त भेटका क्रममा दुई छिमेकीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै नेताले प्रतिबद्धता जनाएका मन्त्रालयले उल्लेख गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो। आज अपराह्न भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।
    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .