राजनीति


जुनसुकै कालखण्डको भ्रष्टाचार छानबिन गर्ने गठबन्धनको संकल्प

जुनसुकै कालखण्डको भ्रष्टाचार छानबिन गर्ने गठबन्धनको संकल्प

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत ६, २०८० मंगलबार १६:५९, काठमाडौँ

पाँच दलीय गठबन्धन सरकारले ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्प’मंगलबार सार्वजनिक गरेको छ।

साझा संकल्प निर्माणका लागि गठित संयन्त्रका संयोजक नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिन गरिने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित कार्यक्रममा उपाध्यक्ष पौडेलले भ्रष्टाचारबारे गठबन्धन कडाइका साथ अघि बढ्ने बताए। 

‘भ्रष्टाचार र अनियमितताबारे सरकार कठोर हुनेछ। जोसुकै संलग्न भए पनि उसलाई कुनै पनि समय कानुनी दायरमा ल्याइन्छ भन्ने सन्देश दिने छौँ’, पौडेलले साझा संकल्प वाचन गर्दै भने, ‘कुनै पनि कालखण्डको भ्रष्टाचार छानबिन गर्ने संकल्प पाँद्ब दलले गरेका छौँ।’ 

उनले भ्रष्टाचारी कानुनी दायरामा आउँछ भन्ने देखाउने गरी गठबन्धनले काम गर्ने पनि बताएका छन्। त्यसका लागि सबै शासनकालका भ्रष्टाचार छानबिनका लागि बाटो खोलिने पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .