ad ad

राजनीति


काममा केही फरकपन र सेवा सुधार्ने प्रयास रहनेछ : ओली

काममा केही फरकपन र सेवा सुधार्ने प्रयास रहनेछ : ओली

नेपालखबर
चैत ३, २०८० शनिबार २१:५७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका काममा केही फरकपन र सेवा प्रवाहमा सुधार गर्ने प्रयास गरिरहेको बताएका छन्। 

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई न्युनतम साझा कार्यक्रम प्रदान गर्दै गरेको तस्बिर सेयर गर्दै ओलीले सफलताका लागि सबैको साथ आवश्यक रहेको बताएका छन्। 

‘सरकारमा सहभागी दलहरुका बीचमा छलफल भएर साझा कार्यक्रम बनेको छ। काममा केही फरकपन र सेवा प्रवाहमा सुधार गर्ने हाम्रो प्रयास रहनेछ,’ ओलीले भनेका छन्। 

साथै, उनले युवालाई निराशा घटाउन सबैले मिलेर काम गर्नुपर्ने बताएका थिए। 

‘युवाहरुमा रहेको निराशा घटाउन सबैले मिलेर काम गर्नु पर्छ, सफलताका लागि सबैको साथ आवश्यक छ,’ उनले भनेका छन्।

सत्ता गठबन्धनको कार्यदलले सरकारको साझा न्यूनतम  कार्यक्रम बनाएर गठबन्धनमा आबद्ध दलका शीर्ष नेतासमक्ष शनिबार बिहान प्रस्तुत गरेको थियो।

सत्ता साझेदार दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले बुझाएको साझा कार्यक्रम आइतबार सार्वजनिक गर्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .