ad ad

राजनीति


कांग्रेसको अवरोधका कारण संसद् बैठक १५ मिनेटलाई स्थगित

कांग्रेसको अवरोधका कारण संसद् बैठक १५ मिनेटलाई स्थगित

फाइल तस्बिर


नेपालखबर
चैत २, २०८० शुक्रबार १४:२८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित भएको छ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएको भन्दै कांग्रेसले संसद्‍मा अवरोध गरेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भीर ठगी प्रकरणमा जोडिइसकेको व्यक्तिबारे संसद्मा प्रश्न उठिसकेपछि पदमा बसिरहनु उचित नहुने बताए।

त्यसैगरी कांग्रेसले सुन तस्करी प्रकरणमा पनि सरकारको जवाफ मागेको छ। यी दुई प्रकरणमा सरकारको जवाफ नआएसम्म संसद् चल्न नदिने अडान कांग्र‍ेसले लिएको छ।

शुक्रबार सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन प्रस्ताव पेस गर्न गृहमन्त्री लामिछानेलाई समय दिएसँगै कांग्रेसले अवरोध गरेको हो। 

‘प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न सक्दैनौँ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘तर विनियोजन विधेयक र प्राथमिकताको सिद्धान्तालाई हामी रोक्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .