ad ad

राजनीति


पूर्वउपराष्ट्रपति पुन पुत्र दीपेशलाई कारबाही गर्न माग

पूर्वउपराष्ट्रपति पुन पुत्र दीपेशलाई कारबाही गर्न माग

नेपालखबर
चैत १, २०८० बिहिबार १५:४६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई कारबाही गर्न माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा एवम् माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेशलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाही माग गरेका हुन्।

यादवले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति जनतामा निराशा बढेर सरकारविरुद्ध जनता सडकमा उत्रिने चिन्ता व्यक्त गरे।

देशलाई भ्रष्टाचारी र तस्करीको अखडा नबनाउन पनि यादवले आग्रह गरे।

‘हामी देशमा सुशासन र समृद्धि चाहन्छौँ। हामी आमजनता र जनप्रतिनिधिमा देखिएको निराशालाई आशामा परिणत गर्न चाहन्छौँ। यो देश तस्करको नबनोस्', उनले भने, 'यो देश भ्रष्टाचारीहरूको नबनोस्। सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ। उन्मुक्ति दिएमा सरकारविरुद्ध जनता सडकमा आउनेछन्। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .