हङकङका फिल्म उद्योगको विकासमा ५ अर्ब डलर खर्चिँदै अलिबाबा

हङकङका फिल्म उद्योगको विकासमा ५ अर्ब डलर खर्चिँदै अलिबाबा

नेपालखबर
चैत १, २०८० बिहिबार १५:५३, काठमाडौँ

चिनियाँ इकमर्स प्लेटफर्म अलिबाबाले हङकङको फिल्म तथा टिभी उद्योगहरुको विकासमा ५ अर्ब हङकङ डलर (६४ करोड अमेरिकी डलर) सहयोग गर्ने भएको छ। 

आगामी पाँच वर्षमा उक्त सहयोग प्रदान गरिने अलिबाबाले बताएको हो। भर्खरै आयोजित फिल्ममार्टका दौडान अलिबाबाका डिजिटल मिडिया तथा इन्टरटेनमेन्ट युनिटका सीईओ तथा प्रमुख फान लुयुआनले उक्त प्रतिबद्धता जनाएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

उक्त कार्यक्रममा हङकङ सरकारका संस्कृति, खेल तथा पर्यटन सचिव केभिन इयुङ पनि सहभागी थिए। 

खासगरी फिल्म उत्पादन र वितरण, राइट्स प्राप्ति, टिभी शृंखला उत्पादन, कन्सर्ट लगानीलगायतका क्षेत्रमा उक्त रकम खर्च गरिनेछ। 

अलिबाबाले यसका लागि आफ्नो हङकङ कल्चरल एन्ड आर्ट इन्डस्ट्री रिभाइटलाइजेसन प्रोग्राममार्फत उक्त लगानी सहयोग गर्नेछ। स्थानीय फिल्म तथा टिभी कम्पनीहरुसँग मिलेर फिल्म तथा टिभी ड्रामाको सहउत्पादन गरिने जनाइएको छ। 

त्यस्तै अलिबाबाको डिजिटल मिडिया युनिटले हङकङमा आफ्नो दोस्रो मुख्यालय समेत स्थापना गर्न सक्ने बताइएको छ। अलिबाबाले २० फिल्म निर्मातालाई छात्रवृत्ति समेत प्रदान गर्ने जनाइएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .