राजनीति


पार्टीमा रविको ब्रिफिङ : सरकारमा गइसक्यौँ, अब जनताले चाहेको नतिजा दिनुपर्छ

पार्टीमा रविको ब्रिफिङ : सरकारमा गइसक्यौँ, अब जनताले चाहेको नतिजा दिनुपर्छ

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८० सोमबार १७:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने गरी बनेको पछिल्लो राजनीतिक परिस्थितबारे पार्टीमा ब्रिफिङ गरेका छन्।

गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनमा मिसिएपछि उपप्रधान तथा गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार छिरेका उनले सोमबार पार्टीमा ब्रिफिङ गरेका हुन्।

एमाले र माओवादी सम्मिलित गठबन्धनमा मिसिएर रास्वपा सरकारमा गएकोबारेमा फरक फरक कोणबाट आलोचनात्मक टिप्पणी भइरहेका बेला लामिछानेले आफ्नो कदमको बचाउ गरेका हुन्। 

‘राजनीतिमा आइसकेपछि अनेक कुराको सामना र सम्झौता गर्नुपर्छ’, उनले सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा भने, ‘सरकारमा जानलाई नै राजनीतिमा आएका हौँ। अब हामीले जनताले चाहेअनुसारको डेलिभरी दिन सक्नुपर्छ।’

सभापति लामिछानेले पार्टी केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अब मन्त्रीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिए।

रविलाई बैठकमा नेताहरूले सरकारमा जाने निर्णयबारे प्रश्न उठाएका थिए। उनीहरूले पार्टी संगठन निर्माणमा होमिने बेला सरकारमा गएर गलत गरेको भन्दै विरोध जनाएका थिए। 

नेताहरूले आफ्नो कदमको विरोध गरेपछि रविले सरकरमा जाने निर्णय भइसकेको भन्दै अब काम गर्न दिन आग्रह गरेका छन्।

‘यसका लागि मन्त्रीहरूलाई सहज रुपमा काम गर्ने वातावरण बनाइदिऊँ’, परिवर्तित परिस्थितिबारे रविले ब्रिफिङका क्रममा भने, ‘परिवर्तित परिस्थितिमा हामी सरकारमा गइसकेकाले अब जनअपेक्षा पूरा गर्ने गरी अघि बढ्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad