राजनीति


चुनावअघिको गठबन्धनले राजनीति भ्रष्टीकरण भयो : गगन थापा

चुनावअघिको गठबन्धनले राजनीति भ्रष्टीकरण भयो : गगन थापा

फाइल फोटो


नेपालखबर
फागुन २७, २०८० आइतबार १६:४३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन्।

आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए।

उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाने पनि बताए। उनले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्नेकुराको अब अन्त्य भएको बताए।

उनले भने, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ। यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला। एउटा कुरा मलाई खुशी लागेको छ। यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने। खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो।’

उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताए। उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .