ad ad

राजनीति


चेक लिस्टसहित आएका छौँ, केही समय होमवर्कमा रहन्छौँ : गृहमन्त्री लामिछाने

चेक लिस्टसहित आएका छौँ, केही समय होमवर्कमा रहन्छौँ : गृहमन्त्री लामिछाने

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८० शुक्रबार १३:१९, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरू केही समय ‘होमवर्क’मा रहने बताएका छन्।

नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा सहभागी भएका लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘चेक लिस्ट’ सहित आएको र केही कम्प्रमाइज नहुने बताएका हुन्। 

शुक्रबार दिउँसो शिवरात्री, नेपाली सेना दिवस र नारी दिवसको एकैसाथ शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। 

‘चेक लिस्टसहित आएका छौँ। कम्प्रमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौँ,’ लामिछानेले लेखेका छन्। 

गत फागुन २१ गते बनेको नयाँ सत्ता समीकरणमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको छ। 

लामिछानेले उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .