राजनीति


प्रचण्डलाई लेखकको चेतावनी– तपाईंले धोका दिएका सबै मिले के होला?

प्रचण्डलाई लेखकको चेतावनी– तपाईंले धोका दिएका सबै मिले के होला?

नेपालखबर
फागुन २४, २०८० बिहिबार १४:११, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब धोका दिन बाँकी रहेका कोही पनि नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकको बिहीबारको बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सबैलाई धोका दिँदै हिँडेको र कुनै दिन ती धोका खाएकाहरू मिले के होला भन्ने हेक्का राख्न चेतावनी पनि दिए। 

‘म त कुन निष्कर्षमा पुगेँ भने–अब धोका दिन कोही बाँकी रहेन। एकचोटी सोच्नु, सबै धोका पाएकाहरू एकदिन तपाईंका विरुद्धमा भने कहाँ पुग्नुहोला? हेक्का राख्नूहोला! खाली ख्याल गर्नुहोला,’ उनले चेतावनीको भाषा प्रयोग गर्दै भने। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवित छँदासम्म उथलपुथल गर्छु भनेर भनेको कुराप्रति पनि उनले ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .