ad ad

राजनीति


प्रचण्डप्रति बाबुरामको कटाक्ष : अस्थिरता निम्त्याएर व्यवस्था ध्वस्त पार्न लागे

प्रचण्डप्रति बाबुरामको कटाक्ष : अस्थिरता निम्त्याएर व्यवस्था ध्वस्त पार्न लागे

नेपालखबर
फागुन २३, २०८० बुधबार १७:५९, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताएका छन्।

बुधवार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उनले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाए। उनले अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताए।

उनले कांग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताए। उनले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गरे।

उनले आफ्नो पार्टी अरु पार्टी भन्दा उन्नत पार्टी भएकाले अरु पार्टीको पुच्छर नबन्ने दाबी गरे। उनले क्रान्तिको नेतृत्व गरेकाहरु नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरुको निकम्मापन, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताए।

अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .