ad ad

राजनीति


आन्दोलनका लागि परिस्थिति अनुकूल बन्दै गएको छ : अध्यक्ष लिङदेन

आन्दोलनका लागि परिस्थिति अनुकूल बन्दै गएको छ : अध्यक्ष लिङदेन

नेपालखबर
फागुन २३, २०८० बुधबार १४:५२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन्।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन् भन्दा झन् आफूहरुको लागि अनुकुल बन्दै आएको बताए। उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए।

अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए। उनले राप्रपाको व्यवस्था परिवर्तन मुल मुद्दा रहेको बताए।

उनले भने, ‘यो व्यवस्था रहेसम्म देशमा जे भइरहेको छ, त्यस्तो भइरहन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछ भन्ने जनतालाई लागेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएका छन्।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .