नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकले फागुन २९ गते तय भएको राष्ट्रिय सभा अध्यक्षको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
सत्तासमीकरण फेरबदल भएपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो।
बैठक बूढानीलकण्ठमा जारी छ।
375
Shares
प्रतिक्रिया