ad ad

राजनीति


सुदूरपश्चिममा गठबन्धन फेरबदलको असर : माओवादी केन्द्रका मन्त्रीहरू बर्खास्त

नागरिक उन्मुक्ति र समाजवादी सरकारमै
सुदूरपश्चिममा गठबन्धन फेरबदलको असर : माओवादी केन्द्रका मन्त्रीहरू बर्खास्त

फाइल तस्बिर


गोकुल जोशी
फागुन २२, २०८० मंगलबार १३:४५, कञ्चनपुर

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहयात्रा तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएको बाछिटा प्रदेश सरकारसम्म देखिन सुरु भएको छ।

यही क्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार माओवादीबाट सरकारमा सहभागी दुईजना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन। 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्। 

सुदूरपश्चिम सरकारमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन्। उनीहरुले अहिलेसम्म नयाँ गठबन्धनमा सामेल हुने आधिकारिक निर्णय गरिसकेका छैनन्। 

सुदूरपश्चिममा नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले समर्थन कायम राखे कांग्रेसका शाह नेतृत्वको सरकार यथावत रहनेछ। 

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छन्। 

सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११ (सभामुख), एमालेका १०, उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .