राजनीति


मन्त्रीहरूलाई समाजवादीको निर्देशन : नयाँ मन्त्री आउनुअघि नै सिंहदरबार छाड्नू

मन्त्रीहरूलाई समाजवादीको निर्देशन : नयाँ मन्त्री आउनुअघि नै सिंहदरबार छाड्नू

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १७:५९, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो दलबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई मन्त्रालय छाड्न निर्देशन दिएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू प्रकाश ज्वाला र बेदुराम भुसाललाई नयाँ मन्त्रीहरू सिंहदरबार पस्नुअघि नै मन्त्रालयबाट बाहिरिन निर्देशन दिएको हो। 

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर एमाले नेतृत्वको अर्को गठबन्धनसँग सहकार्य दोहोर्‍याएपछि सोमबार बसेको समाजवादी सचिवालय बैठकले शपथअघि नै सिंहदरबारबाट बाहिरिन आफ्ना मन्त्रीहरूलाई भनेको हो।

उपमहासचिव गंगालाल तुलाधरका अनुसार प्रधानमन्त्रीले जे भने पनि नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बाहिरिन दुवैजनालाई भनिसकिएको बताए।

गठबन्धन सरकारमा भुसाल कृषि र ज्वाला भौतिक मन्त्रीको भूमिका रहँदा नन्दा चपाईँ भने भौतिक राज्यमन्त्रीको भूमिकामा थिइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .