सरकारले आईटी क्षेत्रमा काम गर्ने कर्मचारी भर्ना गर्न छुट्टै सेवा राख्ने प्रस्ताव गरेको छ।
संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८० मा नेपाल सूचना प्रविधि सेवा राखेको हो।
निजामती सेवाअन्तर्गत आर्थिक योजना तथा तथ्यांक सेवा, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, शिक्षा र विविध सेवा रहेका छन्।
‘यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल विविध सेवाको तोकिएका पदमा बहाल रहेका कर्मचारी नेपाल सूचना प्रविधि सेवामा समूहीकृत हुनेछन्’, प्रस्तावित ऐनमा उल्लेख छ।
84
Shares
प्रतिक्रिया