राजनीति


नयाँ सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे, शक्ति बाँडफाँटको सम्झौता गरिँदै

नयाँ सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे, शक्ति बाँडफाँटको सम्झौता गरिँदै

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
फागुन २१, २०८० सोमबार १३:१४, काठमाडौँ

नेकपा एमालेसमेतको नयाँ सत्ता गठबन्धनको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ।

सोमबार बिहान बालुवाटारमा बसेको नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले पहिलो चरणमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो गरेको थियो।

यस्तोमा नयाँ सत्ता गठबन्धनले सबै खालका शक्ति बाँडफाँटको टुंगो गर्ने गरी बैठक बोलाएको हो।

एकजना नेताका अनुसार यो बैठकमा नयाँ सत्ता गठबन्धनका दलहरूबीच लिखित सम्झौताको तयारी भएको छ।

'उक्त बैठकमा दलहरूबीच सबै खालको शक्ति बाँडफाँटको टुंगो गर्ने कुरा भएको छ', ती नेताले भने, 'सबै शक्ति बाँडफाँटपछि सरकारलाई अघि बढाउने तयारी नेताहरूले गरेका छन्।'

गत वर्ष पुस १० गते बनेको एमाले-माओवादी गठबन्धन भत्काएर त्यसपछि फागुनमा कांग्रेसले पुरानै पाँच दलीय समीकरण फर्काएको थियो।

तर, केही दिनयताको बाक्लो छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँग काम गर्ने निष्कर्षसहित एमालेसँगको सत्ता सहयात्रालाई फेरि एक पटक रोजेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .