ad ad

राजनीति


एमालेसहित नयाँ गठबन्धनको कसरत भइरहँदा बालकोट पुगे सीके राउत

एमालेसहित नयाँ गठबन्धनको कसरत भइरहँदा बालकोट पुगे सीके राउत

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार ९:५९, काठमाडौँ

एमाले, माओवादीसहितको नयाँ सत्ता गठबन्धनको तयारी तीव्र भइरहँदा जनमत पार्टीका अध्यक्ष सीके राउले बालकोट पुगेका छन्।

एमाले सचिवालय बैठक बसिरहँदा राउत अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका हुन्। 

‘अध्यक्षज्यु अहिले बालकोट जानुभएको छ। ओलीजीसँग सम्वाद जारी छ,’ जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले नेपालखबरसँग भने, ‘सम्भवतः नयाँ बन्ने सरकारमा हामी जाने छौँ।’ 

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .