ad ad

राजनीति


ओली निस्किएलगत्तै बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

ओली निस्किएलगत्तै बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

नेपालखबर
फागुन २०, २०८० आइतबार १२:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (आइतबार) बिहान बालुवाटारमा झन्डै एक घण्टा वार्ता भएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच कुराकानी भएको हो। 

‘करिब एक घण्टा भएको भेटवार्तामा दुई शीर्ष नेताबीच टीआरसी (संक्रमणकालीन न्याय) सम्बन्धी विधेयक टुंगोमा पुर्‍याउनेबारे छलफल भएको हो।’

त्यसो त दुई शीर्ष नेताबीच मन्त्रीहरू फेरबदल गर्ने सहमति भएको चर्चा पनि छ। 

यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि झन्डै एक घण्टा नै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

टीआरसी विधेयक संसद्‌बाट पारित गराउन आज सो विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफल हुँदै छ।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .