ad ad

राजनीति


प्रचण्ड र ओलीबीच बालुवाटारमा १ घण्टा वार्ता

प्रचण्ड र ओलीबीच बालुवाटारमा १ घण्टा वार्ता

नेपालखबर
फागुन २०, २०८० आइतबार १०:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा झन्डै एक घण्टा भेटवार्ता भएको छ। 

बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए। 

‘उहाँहरूबीच समसामयिक विषयमा झन्डै एक घण्टा कुराकानी भएको थियो’, स्रोतले नेपालखबरसँग भन्यो। 

संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्‌बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो। 

यसबीच प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको भन्ने चर्चा पनि नभएको होइन।  

सत्ता गठबन्धनभित्रको बाँडफाँटमा राष्ट्रिय सभाको अध्यक्ष पद आफूले पाउनेमा ढुक्क रहेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रले आफैँ राख्ने निर्णय गरेपछि झस्किएको छ। 

भेटवार्तामा प्रचण्ड र ओलीबीच भएको वार्ताको विस्तृत जानकारी आउन भने बाँकी छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .