ad ad

राजनीति


महिला फुटबल टोलीले विश्वकप खेल्छ, सरकारले लगानी गरोस् : तोसिमा कार्की

महिला फुटबल टोलीले विश्वकप खेल्छ, सरकारले लगानी गरोस् : तोसिमा कार्की

नेपालखबर
फागुन १९, २०८० शनिबार १५:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपाली महिला फुटबल टोलीले विश्वकप खेल्ने विश्वास व्यक्त गरेकी छिन्।

वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रवार राति स्वदेश फर्किएसँगै स्वागत गर्न विमानस्थल पुगेकी उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी यस्तो बताएकी हुन्।

वाफ च्याम्पियनसिपमा देखाएको प्रदर्शनले नेपाली महिला टोली विश्वकप खेल्न सक्षम रहेको प्रमाणित भएको पनि उनले बताइन्। 

सरकारले कन्जुस्याँई नगरीकन र धेरै नसोचिकन नेपाली महिला फुटबल टिममाथि पर्याप्त लगानी गर्नुपर्ने उनको भनाइ छ। महिला फुटबल टिमको तयारीका लागि कुनै कमजोरी नगरिदिन सरकारलाई आग्रह गरिन्

क्लोज गेमको अवधारणा ल्याएर महिला टिमलाई अझै सशक्त बनाउनुपर्ने बताउँदै उनले खेलाडीहरूको परिवारमा खान र बस्नको अभाव र चिन्ता नहुनेगरी सरकारले व्यवस्था गर्नुपर्ने बताइन्।

‘सारा नेपालीको छाती गर्वले फुलेको छ । हामीलाई गर्व महसुस भएको छ। हामीलाई विश्वास ढुक्क भएको छ की नेपाली महिला फुटबल टिमले विश्वकप खेल्छ। यसले हामीलाई अझै सरकारले कुनैपनि कन्जुस्याँई नगरीकन, धेरै नसोचीकन नेपाली महिला फुटबल टिममाथि पर्याप्त लगानी गर्नुपर्छ। रास्वपाको युवा तथा खेलकुद विभाग हामी यहाँ छौँ। तयारीमा कुनै कमी हुन नदिनु होला। क्लोज गेमको अवधारणा ल्याउनुपर्छ। खेल्नका लागि ठाउँ र समय छुट्याउनुपर्ने हुन्छ। उहाँहरुको घरको खान र बस्नका लागि चिन्ता नै नगरोस् । खेलका क्षेत्रमा हामी सक्षम भइसकेका रहेछाँै,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .