ad ad

राजनीति


लिम्बूलाई साम्पाङले भने : इलाममा स्वतन्त्र उठ्ने भए एक ठाउँमा हुन सकिन्छ

लिम्बूलाई साम्पाङले भने : इलाममा स्वतन्त्र उठ्ने भए एक ठाउँमा हुन सकिन्छ

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १५:२५, काठमाडौँ

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका मिलन लिम्बूले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग भेट गरेका छन्।

शुक्रबार बिहान धरानस्थित साम्पाङको कार्यकक्षमा उनीहरूबीच भेट भएको हो। नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव समेत रहेका लिम्बू पार्टी परित्याग गर्दै स्वतन्त्र उठ्ने तयारीमा छन्।

उनी यसअघि माओवादी केन्द्रमा आबद्ध थिए।

राजनीतिक दलहरूबाट निकास खोज्न नसकिएको निष्कर्ष निकाल्दै स्वतन्त्र उम्मेदवारको रुपमा इलामको निर्वाचनमा होमिन थालेका लिम्बू चुनावको तयारीमा तिव्र रुपमा लागिसकेका छन्।

सो क्रममा उनले शुक्रबार बिहान मेयर साम्पाङसँग भेट गरेका हुन्।

भेटका क्रममा साम्पाङले स्वतन्त्र उठेको खण्डमा सहकार्य गरेर जाने आश्वासन दिएका थिए।

‘स्वतन्त्र रुपमा जाने भए एकठाउँमा हुन सकिन्छ भन्नुभयो,’ साम्पाङको भनाइ उदृत गर्दै लिम्बूले नेपालखबरसँग भने, ‘स्वतन्त्रमध्ये राम्रोलाई सहयोग गर्ने कुरा उहाँले गर्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .