दुई दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर छुट्नै अभियान थालेका राजेन्द्र महतोले बुधबार काठमाडौंमा प्रदर्शन गरे।
नक्सालबाट सुरु भएको प्रदर्शनको उद्देश्य थियो माइतघीर मण्डलको निषेधित क्षेत्र तोड्ने। तर बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मी परिचालन गरिए पनि महतोले निषेधित क्षेत्र तोड्ने कोसिसमा छन्।
महतोले थालेको निषेधित क्षेत्र तोड्ने अभियानको रोचक दृश्य भनेको काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका सुमन सायमी पनि जोडिएका थिए।
काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा उठेर राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित उनी पछिल्लो समय विभिन्न अभियानमा देखिएका छन्।
काठमाडौंका मेयर बालेन्द्र शाहको प्रवृत्तिविरुद्ध आन्दोलित उनी बुधबार महतोसँगै एकै ब्यानरमा जुटेर आन्दोलनमा उत्रिए।
Shares
प्रतिक्रिया