राजनीति


केजरीवाल दलको नेता चयन, तेस्रोपटक मुख्यमन्त्री बन्ने बाटो खुल्यो

केजरीवाल दलको नेता चयन, तेस्रोपटक मुख्यमन्त्री बन्ने बाटो खुल्यो

नेपालखबर
माघ २९, २०७६ बुधबार ७:४६,

अरविन्द केजरीवाल आम आदमी पार्टी (आप)को विधानसभा दलको नेतामा निर्विरोध चयन भएका छन्।

बुधबार पार्टीको विधायक दलको बैठकले केजरीवाललाई निर्विरोध दलको नेताका रुपमा चयन गरेको हो। दलको नेता चयन भएसँगै केजरीवाललाई तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

बैठकमा मनिष सिसोदियाले केजरीवाललाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका थिए। निर्वाचन अधिकारी संजय सिंह यस प्रक्रियाको प्रमुख थिए।

त्यसपछि मनिषको प्रस्तावलाई सिंहले दलको बैठकमा प्रस्तुत गरेका थिए। सो प्रस्तावमा कसैको पनि फरक मत नरहेपछि केजरीवाल निर्विरोध दलको नेता चयन भएका हुन्।

यही फेब्रअरी ८ मा भएको दिल्ली विधानसभाको परिणाम मंगलबार सार्वजनिक भएको थियो। ७० सिटका लागि भएको निर्वाचनमा केजरीवाल नेतृत्वको आम आदमी पार्टीले ६२ सिटमा जित हासिल गरेको छ भने केन्द्रीय सत्ता सम्हालीरहेको भारतीय जनता पार्टी भाजपाले जम्मा ८ सिट ल्याएको छ। कांग्रेसले भने अघिल्लो पटकजस्तै यसपटक पनि दिल्लीमा खाता खोल्न असफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad