राजनीति


हाम्रो पार्टीका केही नेता सरकारमा छन्, म प्रतिपक्षमा छु : झलनाथ खनाल

हाम्रो पार्टीका केही नेता सरकारमा छन्, म प्रतिपक्षमा छु : झलनाथ खनाल

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १३, २०८० आइतबार १५:४८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार काठमाडौंमा मिटरब्याजीपीडितको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै पूर्वप्रधानमन्त्री खनालले किसानका माग नसुनिएकोमा आपत्ति जनाए।

‘दलका केही नेताहरू सरकारमा हुनुहुन्छ म चाहिँ अपोजिसनमा छु’ खनालले भने, ‘हामी सरकारलाई पनि भनिरहेका छौँ। सरकारमा भएका दलहरूलाई पनि भनिरहेका छौँ। चाँडो भन्दा चाँडो यी कुराको हल गर्नुस्।’

उनले अहिलेको संसद र सांसदहरूलेसमेत देशभरबाट काठमाडौं आएका मिटरब्याजीपीडितको आवाज संसदमा नउठाएको भन्दै आश्चर्य व्यक्त गरे।

उनले भने, ‘अहिलेको आश्चर्य नै त्यही हो। यो संसद किन किसानहरूको बारेमा सहानुभूति सुरु हुन सकिरहेको छैन? किसानका आवाज किन उठाउन सकिरहेको छैन? संसदले र संसदमा भएका दलहरूले?’

देशभरबाट झण्डै एक महिना लगाएर पैदल यात्रा गर्दै काठमाडौं आएका मिटरब्याजीपीडितले यतिबेला काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .