ad ad

राजनीति


पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार ९:२७, काठमाडौँ

शुक्रबार नबसी स्थगित भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। 

बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

आजको बैठकमा यसअघि माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए। 

शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।  त्यसअघि बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।

माओवादीले आगामी चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। 

बिहीबारको बैठकमा माओवादीले यसअघि सञ्चालन गरेको विशेष रुपान्तरण अभियानका क्रममा धेरै खटिने नेतालाई सम्मानपत्र दिने र काम नगर्नेलाई नेतालाई कारबाही गर्ने निर्णयसमेत गरेको छ। आजको बैठकमा अभियानको क्रममा धेरै राम्रो काम गर्ने र काम नगर्ने नेताको नामसमेत सार्वजनिक गरिने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .