ad ad

राजनीति


सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्र संस्थागत हुँदैन : पदम गिरी

सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्र संस्थागत हुँदैन : पदम गिरी

नेपालखबर
फागुन १२, २०८० शनिबार १६:२९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गरे। 

‘चाहे पत्रकार, चाहे नेता, चाहे कर्मचारी चाहे जोसुकै क्षेत्रका मानिस हुन्। प्रत्येक नागरिकले आफूले केही कुरा बोल्छ र लेख्छ भने त्यस कुराप्रति उ जवाफदेही हुनैपर्छ। जवाफदेही नहुनु भनेको लोकतन्त्र भन्ने बुझाइ सही होइन। हामीले आफूले गरेका काम र कर्तव्यप्रति सम्पूर्ण रुपले जवाफदेही बन्नैपर्छ, उत्तरदायी हुनैपर्छ,’ उनले भने।

उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताउँदै सत्तामा हुनेलाई केही कुरा बिझायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने जिकिर गरे। 

उनले यस्ता कुराहरू अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको बताउँदै उनले सबैले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताए।

‘त्यो भएन भने सही अर्थमा हामीले सुसंगत समाज निर्माण गर्न सक्दैनौँ, लोकतन्त्र संस्थागत गर्न सक्दैनौँ। समृद्धिको संकल्पतिर जान सक्दैनौँ। समाज झनै उश्रृंखलतातर्फ जान्छ। नयाँ मिडियाको विकास हुँदै गयो भने तदनुकलका हाम्रा नीति, कानून निर्माण गर्नुपर्छ,’ उनले भने, ‘नियमन, निगरानी गर्नेकुरामा ध्यान दिनुपर्छ। लहडको भरमा यस्तो गर्नुपर्छ। जस्तो टिकटक बन्द भयो। भोलि अर्को बन्द होला। सत्तामा हुनेले केही चिज बिजायो भने बन्द गरिदिने। यसरी समस्याको समाधान हुँदैन। यस्ता कुराको अनुसन्धानका आधारमा नीति बनाउनुपर्छ।’

प्रमुख सचेतक गिरीले जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ सही नभएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .