ad ad

राजनीति


महासमितिले जनजीविकाको सवाललाई सम्बोधन गर्नुपर्छ : सभापति थापा

महासमितिले जनजीविकाको सवाललाई सम्बोधन गर्नुपर्छ : सभापति थापा

नेपालखबर
फागुन १०, २०८० बिहिबार १७:२६, गोदावरी, ललितपुर

नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले महासमिति बैठक आमनागरिकका जनजीविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन्।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बिहीबार धारणा राख्ने क्रममा उहाँले बैठक गठबन्धनमा केन्द्रित भएकोमा असन्तुष्टि व्यक्त गर्दै महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन्। 

उनले आफूपनि गठबन्धनको बलले निर्वाचन जितेर आएको उदाहरण प्रस्तुत गर्दै अहिलेको गठबन्धनलाई पाँच वर्ष निरन्तरता दिनुपर्ने बताए। उनले गठबन्धन रणनीतिक विषय भएको बताउँदै अहिले नै यस बारेमा चर्चा गर्नु अनुचित भएको धारणा राखे। 

‘महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भयो। गठबन्धन हुनु या नहुनुले के फरक पर्छ? म आफु पनि गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको हो । यो गठबन्धन पाँच वर्ष निरन्तर जानुपर्छ’, उनले भने। 

उनले महासमिति बैठकले अहिलेको राज्यको जल्दो बल्दो विषय मिटरव्याज पीडित, सहकारी पीडित, किसानहरुको मल बीउबिजनका समस्या, युवाहरुको विदेश पलायनका विषय, रोजगारका सवाल र समग्र अर्थतन्त्र सवल बनाउने विषयमा केन्द्रित गरेर नीति निर्माण गरी कांग्रेसलाई सोही नीतिअनुसार अगाडि बढाएर आम जनताको भरोसायोग्य पार्टी बनाउनुपर्नेमा जोड दिए। 

उनले कांग्रेसलाई पूर्ण रुपमा सभापतीय प्रणालीमा चलाउने व्यवस्थामा जानुपर्ने बताए।

‘पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ। दुई जना महामन्त्री भए पनि केही हुने रहेनछ । कांग्रेसलाई पूर्ण रुपमा सभापतीय प्रणालीमा सञ्चालन गर्ने व्यवस्थामा जानुपर्छ’, उनले भने।

उनले महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .