राजनीति


किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार बनौँ : रवि लामिछाने

किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार बनौँ : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १२:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशभरका किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र र देशैभरका दूध उत्पादक किसान समस्यामा रहेको भन्दै आपत्ति जनाएका हुन्। 

‘मेरो निर्वाचन क्षेत्र र देशैभरिका दूध किसान र मह किसान मारमा परेका छन्, अर्कोतिर पाउडर दूध र विदेशबाट आयातीत महले स्थान पाएका छन्,’ सभापति लामिछानेले भने, ‘किसानको आन्दोलनलाई नजरअन्दाज गर्‍यो भने किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार हुनुहोला।’

उनले निर्वाचन क्षेत्रका वन, सडक र मिटरब्याज समस्या समाधानबारे सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .