राजनीति


माओवादीबाट मारिएका कार्यकर्ताका परिवारलाई रोजगारी दिऊँ : उपसभापति खड्का

माओवादीबाट मारिएका कार्यकर्ताका परिवारलाई रोजगारी दिऊँ : उपसभापति खड्का

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ८, २०८० मंगलबार १२:३४, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीबाट मारिएकाका परिवारलाई रोजगारी दिनुपर्ने बताएका छन्।

ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा नीति प्रतिवेदन प्रस्तुत गर्दे उनले माओवादी हिंसाबाट पीडित पार्टीका हजारौँ कार्यकर्ताको पीडा र भावनालाई पार्टी संरचनाभित्र प्रतिनिधित्व गराउने व्यवस्था मिलाइने पनि बताएका छन्। 

‘सशस्त्र द्वन्द्वमा पीडित बनाइएका पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक, शिक्षक तथा अन्य व्यक्तिका परिवार र तिनका आश्रितलाई भरणपोषण तथा रोजगारीको उचित व्यवस्था गर्ने नीति अवलम्बन गरिने छ’, उनले प्रतिवेदनमा भनेका छन्,‘माओवादी हिंसाबाट पीडित पार्टीका हजारौँ साथीहरूको पीडा र भावनालाई पार्टीको संरचनाभित्र उचित प्रतिनिधित्व गराउने व्यवस्था मिलाइने छ।’ 

खड्काले हिंसात्मक द्वन्द्वबाट पीडित निर्दोषहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र प्रचलनहरूको प्रतिकूल नहुने गरी न्यायिक निरूपण गरिने प्रतिवेदनमा लेखेका छन्। 

‘माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर विना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित निर्दोषहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनहरूको प्रतिकूल नहुने गरी न्यायिक निरूपण गरिने छ’, उनले भनेका छन्। 

नीति प्रस्तावमा खड्काले नागरिकस्तरमा निराशा बढ्दो रहेको जनाएका छन्। नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन नसके पनि खड्काले जनाएका छन्। उनी हाल गठबन्धन सरकारमा उपप्रधान तथा रक्षामन्त्रीसमेत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .