नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ।
चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनले उक्त निर्णय गरेको हो।
अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न (गोलाकारभित्र हँसिया हथौडा) यथावत रहने बताएका हुन्।
विधान अधिवेशनका क्रममा बनाइएका समूहबाट पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाव आएको थियो।
केही समूहले सबै माओवादी मोर्चाहरूबीच एकताको पहल गरेर दुवै कुरा फेर्ने कुरा उठाएका थिए।
माओवादी नाम फेरेर केही समूहले नेकपा समाजवादी राख्नसमेत सुझाएका थिए। तर तत्काललाई ती सुझाव लागु नहुने भएका छन्।
165
Shares

प्रतिक्रिया