ad ad

राजनीति


सरकारको कामबारे माओवादी बैठकमा जानकारी दिँदै प्रधानमन्त्री

सरकारको कामबारे माओवादी बैठकमा जानकारी दिँदै प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार १३:१०, काठमाडौँ

नेकपा मा‌ओवादी केन्द्रको आइतबारदेखि जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामबारे जानकारी दिइरहेका छन्।

राष्ट्रिय सभागृहमा जारी बैठकमा सोमबार मध्यान्ह प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारले गरेका काम र उपलब्धिबारे जानकारी दिएका हुन्। 

सोमबार दोस्रो दिनको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले सरकारको काम र अभियानबारे जानकारी दिन बोलेका हुन्। 

आइतबारदेखि सुरु बैठकमा माओवादी केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कमिटीका पदाधिकारीसहित करिब ८ सय जना सहभागी छन्।

यो बैठकले यसअघि माओवादीले चलाएको तीन महिने विषेश रुपान्तरण अभियान र भावी रणनीति पनि निर्माण गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .