राजनीति


माओवादी बैठकमा तीन महिने विशेष अभियानको समीक्षा हुँदै

माओवादी बैठकमा तीन महिने विशेष अभियानको समीक्षा हुँदै

माओवादी बैठकका सहभागीहरू। तस्बिर : सरोज बैजु


नेपालखबर
माघ २८, २०८० आइतबार १३:०, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएको छ।

शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले केन्द्रीय समिति बैठक राखेको हो। 

राष्ट्रिय सभागृहमा करिब ८ सयजना सहभागीबीच मा‌ओवादीले सबैभन्दा पहिले पार्टीको तीन महिने अभियानको समीक्षा गरिरहेको छ।

अहिलेसम्म मधेसबाट लीलामणि पोखरेल, कोसीबाट चन्द्रप्रकाश खनाल ‘बलदेव’र हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले उक्त तीन महिने अभियानबारे रिपोर्टिङ गरिसकेका छन्। 

उक्त अभियानलाई लिएर बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले रिपोर्टिङ गरिरहेका छन्।

पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले माओवादी ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’  चलाएको थियो।

माओवादी केन्द्रले गत कात्तिकदेखि देशभरका ६ हजार सात सय ५३ वडामा अभियान सञ्चालन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .