राजनीति


कोसीमा पहिचान पक्षधर र सरकारबीच ५ बुँदे सहमति

प्रदेशको नाम फेर्न दुवै पक्षले संयुक्त पहल गर्ने
कोसीमा पहिचान पक्षधर र सरकारबीच ५ बुँदे सहमति

नेपालखबर
माघ २६, २०८० शुक्रबार १३:१४, काठमाडौँ

काेसी प्रदेश सरकार र एक वर्षदेखि आन्दोलित पहिचान पक्षधरबीच शुक्रबार ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

बिहीबारदेखि जारी वार्तामा कोसीका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले पहिचान पक्षधरसँग ५ बुँदे सहमति गरेको हो। 

सहमतिअनुसार प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत् रुपमा प्रदेशकाे नाम फेर्नका लागि राजनीतिक वातावरण वनाउन संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन्। 

सहमतिअनुसार अब पहिचान पक्षधरले अन्य दल र समूहका गतिविधिमा निषेध गर्ने गरी जारी आन्दोलनलाई सुधारेर अब शान्तिपूर्ण आन्दाेलन  गर्ने भएका छन्।

पहिचान पक्षधरसँगको सहमतिमा कोसी सरकारले एक वर्षयताको आन्दाेलनका क्रममा घाइतेहरूकाे निःशुल्क उपचार गरिदिने भएको छ।

त्यस्तै आन्दाेलनकारीमाथिका मुद्दा प्रदेश सरकारले फिर्ता लिने भएको छ।

सहमतिमा फागुन १० पहिले नै दुवै पक्षको सहमतिमा फेरि वार्ताको मिति ताेक्ने सहमति पनि भएको सरकारतर्फबाट वार्ता समितिका संयाेजक भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए।

याे वार्ता सफल भएपछि अब प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकाेको मुख्यमन्त्री केदार कार्कीले बताए। उनले अब प्रदेशमा विकास र समृद्धिले तीव्रता पाउने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .