राजनीति


कांग्रेसले सम्झियो सुशील कोइरालालाई

कांग्रेसले सम्झियो सुशील कोइरालालाई

नेपालखबर
माघ २६, २०७६ आइतबार ९:३३,

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस मनाइएको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवशरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका छन्।

२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो। कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए। पार्टी सभापति रहेकै बेला उनको निधन भएको हो।

२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए। उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो। उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad