ad ad

राजनीति


पूर्वराजासँग प्रसाईं

पूर्वराजासँग प्रसाईं

नेपालखबर
माघ १६, २०८० मंगलबार ८:१७, काठमाडौँ

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। 

प्रसाईंले सामाजिक सञ्जालमार्फत आफूले पूर्वराजा शाहलाई सोमबार भेटेको जानकारी दिएका हुन्। 

उनले लेखेका छन्, ‘श्री ५ महाराजाधिराज सरकारसँगको अर्थपूर्ण भेट।’

पूर्वराजाले बोलाएपछि सोमबार बाराको सिमरा पुगेर भेटवार्ता गरेको प्रसाईंले सञ्चारमाध्यमलाई बताएका छन्। 

झन्डै २ घण्टाको संवादमा देशको अवस्थाबारे कुराकानी गरेको प्रसाईंले बताएका छन्। 

यसअघि उनले अभिनेत्री मनीषा कोइरालासँग भेटेको तस्बिर पनि सार्वजनिक गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .