ad ad

राजनीति


झलनाथको चिन्ता : जबज माने कार्यकर्ता एमालेमा जान्छन्

झलनाथको चिन्ता : जबज माने कार्यकर्ता एमालेमा जान्छन्

नेपालखबर
माघ १५, २०८० सोमबार १९:४३, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन्।

सोमवार पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै सम्मानित नेता खनालले पार्टीको कार्यदिशा र कार्यनीति स्पष्ट हुनुपर्ने बताएका हुन्। उनले पार्टीले पार्टीले जनताको बहुदलीय जनवाद र समाजवाद दुवै कुरा भनिरहेको भन्दै जबजमा जाने कि समाजवादमा जाने स्पष्ट हुनुपर्ने बताए। उनले पार्टीले जबज भनेमा मानिसहरु एमालेतिर जाने बताए।

नेता खनालले एमाले ठूलो जबजवाला भएको भन्दै मानिसहरुले जबजको कुरा आफूहरुको भन्दा केपी ओलीको बढी सुन्ने बताए। उनले पार्टीले जबज मान्ने कुरा खतरा हुने बताए।

उनले भने, ‘कहिले हामी जबज पनि भन्छौँ कहिले समाजवाद पनि भन्छौँ। कता जाने त? जबज तपाई भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि त मान्छेले? ठूलो जबजवाला त एमाले छ। हामीले जबज भन्यो भने त हामीले भनेको सुन्ने भन्दा केपीले भनेको चाहीँ बढ्ता सुन्छ हेर्नुस्। त्यो खतरा हुन्छ।’

यस विषयमा आवश्यक छलफल र बहश गरि स्पष्ट हुनुपर्नेमा खनालले जोड दिए। सम्मानित नेता खनालले रुसमा पनि बहुदलीय जनवाद भएको उल्लेख गर्दै लेनिनले जबज किन मान्नुभएन? भनि प्रश्न समेत गरे। उनले पार्टीको आगामी महाधिवेशनबाट यि सबै कुरामा प्रष्टता आउनुपर्ने बताए।

उनले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिइ कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताए। यी दुई देशले नेपाललाई चीन बिरोधी अखडाको रुपमा रुपान्तरित गर्न लागेको पनि बताए। तत्कालिन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि बाह्य कारण पनि थियो भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए।

उनले नेपालका कम्युनिस्ट पार्टीहरु समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न नसकेको भन्दै त्यस्तो पार्टी बनाउने जिम्मा आफूहरुको काँधमा आएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .