ad ad

राजनीति


राजावादीहरूको मोर्चा बनाउन कमल थापाको आग्रह

राजावादीहरूको मोर्चा बनाउन कमल थापाको आग्रह

नेपालखबर
माघ ९, २०८० मंगलबार २०:३२, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादीहरू मिलेर आन्दोलन गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै थापाले एक्लै एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नभएको तथा विगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको बताए।

उनले निर्णायक आन्दोलनमा जानको लागि मोर्चा निर्माण जरुरी भएको विचार व्यक्त गरे।

एजेन्डा मिल्ने शक्तिहरू मिलेर मोर्चा निर्माण गरि आन्दोलनमा जानुको विकल्प नभएको उनको भनाई थियो ।

उनले भने, ‘एक्ला एक्लै आन्दोलन गर्ने भनाईले अप्रत्यक्ष रुपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .